"मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपुर्ण भुमिका"

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १३:३४ बजे
प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको  उल्लेख्य भुमिका रहेको बताएका छन् । १९ औं राष्ट्रिय जापु दिवसका अवसरमा काठमाडौंको वषन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कृषि र कला क्षेत्रमा ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । 

उननले भने ,' नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले गर्दै आएको योगदान अनुकरणीय छ, सबैले कदर गर्नुपर्छ।'ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण गर्न सरकारले अक्षय कोष स्थापना गरेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले यसले केही राहत पुग्ने विश्वास व्यक्त गरे।

नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका भएको र आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक  रहेको उनले बताएका छन् ।  प्रधामन्त्री देउवाले नेपाल सांस्कृती रुपमा  धनि देश भएको र यिनिहरुको संरक्षण गर्नु आवशयक रहेको बताएका छन् । 

२०७९ मंसिर २२ १३:३४ बजे

प्रतिक्रिया