बाम एकताको सम्भावना कम छ, एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ : सुरेन्द्र पाण्डे

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १२:३६ बजे
एमाले र कांग्रेस

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले  एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्ने बताएका छन् । उनले निर्वाचनबाट कसैको पनि स्पष्ट बहुमत  नआएकाले अब देशको अस्तित्व जोगाउन दुई पार्टी मिलेर सरकार बनाउनु पर्ने बताएका छन् । 

दलहरूले प्राप्त गरेको सिटबाट बन्ने संसद्ले दिने परिणामको आशा घटेको उनको भनाइ रहेको छ । देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै उनले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताए। सत्ता सञ्चालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उनको भनाइ रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले राजनीतिक र आर्थिक संकट बढ्ने खतरा रहेको बताउँदै सरकारमा सहभागी नभए पनि अस्थिरताका मुद्दामा एक हुनपर्ने बताए । 
उनले धेरै दल मिलेर सरकार बनाउँदा हुने बार्गेनिङले प्रधानमन्त्री कमजोर हुने बताए। मुलुकको हरेक कालखण्डमा मुख्य मुद्दा हल गर्न यी दुई दलको मुख्य भूमिका रह्यो। सरकार हुँदा होस् या बाहिर भएर पनि  सहकार्य भएको छु, उनले भने, 'अस्थिरता हटाउन एमाले काङ्ग्रेस सहमति गर्नै पर्छ।'

अहिले गठबन्धनको सरकार बने पनि त्यो दिगो नहुने उनको भनाइ रहेको छ । । अहिले एमाले प्रतिपक्षमा बस्न तयार रहेको भन्दै राजनैतिक परिस्थितिले दिएपछि सरकारमा जान सकिने बताए। काङ्ग्रेस र एमाले अलग बने धेरै दल मिलेर सरकार बनाउनु पर्छ। सबैलाई खुशी बनाउन पर्ने हुँदा त्यसले असन्तुष्ट बढ्ने र प्रधानमन्त्री कमजोर हुन्छन् उनले भने । उनले तत्कालीन समयमा बाम एकताको सम्भावना पनि निकै कम रहेको बताएका छन् । 

२०७९ मंसिर २२ १२:३६ बजे

प्रतिक्रिया