काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बनको पत्रलाई निष्प्रभावी भएको निष्कर्ष निकाल्दै पत्राचार भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
एसोसिएसनले विज्ञप्तिमा भनेको छ , यस्तो कार्यबाट नेपालको संविधान ऐन कानुन तथा संसदीय मूल्य मान्यताको उल्लंघन भएको हुँदा सो पत्राचार गरिएको कार्य उपर नेपाल बार एसोसिएसन गम्भीर आपत्ति प्रकट गर्दछ । अन्तत एस्तो सुन्य प्रभावित पत्र कार्यान्वयन नगर्न नेपाल बार एसोसिएशन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दछ । साथै संविधान कानुन विपरीत काम गर्ने त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्न नेपाल बार एशोसियसनको माग गरेको छ ।
विज्ञप्ति
प्रतिक्रिया