तारा एयरको जहाज चिलसँग ठोक्कियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १४:४७ बजे
जहाज चिलसँग ठोक्कियो

हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चरासँग ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरासँग ठोक्किएको हो ।

अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले बताएका छन् ।

दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको जनाइएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।

२०७९ मंसिर २१ १४:४७ बजे

प्रतिक्रिया