चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिन धर्ना

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १४:२४ बजे
धर्ना

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ । बारका पदाधिकारी र कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्ना दिएका हुन् । 

धर्नामै रहेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको रक्षाका लागि हामी  आफुहरु धर्नामा बसेको बताएका छन् । 

आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय  भएको पनि उनले जानकारी दिएका छन् । 

२०७९ मंसिर २१ १४:२४ बजे

प्रतिक्रिया