सुर्खेतमा विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरे पछि श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरीकहाँ युवक

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १३:०२ बजे
श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरीकहाँ युवक

सुर्खेत । पञ्चपुरी-३ तोक्माका अमरबहादुर आले मगरले श्रीमतीको हत्या गरेर टाउको बोकेर प्रहरी कार्यालय पुगेका छन्।उनी मंगलबार श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन् । 

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पञ्चपुरी( २ पलैंटेबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले बताएका छन् । 

अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्। आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए। प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ। 

२०७९ मंसिर २१ १३:०२ बजे

प्रतिक्रिया