चिनियाँ राष्ट्रपति सी चिनपिङको साउदी अरबियामा राजकीय भ्रमणमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १२:२८ बजे
चिनियाँ राष्ट्रपति सी चिनपिङ

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार  त्यहाँ गएका छन् ।  साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनपि  त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 

विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको तेस्रो वैदेशिक भ्रमण र सन् २०१६ देखि साउदी अरबियामा पहिलो भ्रमण हुन लागेको हो । 

दुई देशबीचको ऐतिहासिक सम्बन्ध र रणनीतिक साझेदारी स्थापित गर्नको लागि यस भ्रमणसँगै उच्चस्तरीय शिखर सम्मेलन आयोजना हुने साउदी प्रेस एजेन्सीले जनाएकोे छ ।

सहमतिअनुसार २९२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग चीनद्वारा साउदी अरबियालाई दिने विषयमा सम्झौतापत्र  हस्ताक्षर हुने जनाइएको छ । 

चिनिया विदेश मन्त्रालयका प्रवक्ता हु चुङयिङले राष्ट्रपति सीले साउदी अरबियामा राजकीय भ्रमण गरेर रियादमा हुने पहिलो पटकको चीन र अरब राष्ट्रहरूको सम्मेलन तथा चीन र जीसीसी सम्मेलनमा भाग लिने जानकारी दिए । 

सो शिखर बैठकमा राजा सलमानद्वारा अध्यक्षता गर्ने र राजकुमार मोहमद बिन सलमानको सहभागिता रहने जनाइएको छ ।  राजकुमार मोहमद बिन सलमानले रियादमा राष्ट्रपति सीलाई भव्यतापूर्वक स्वागत गर्ने कार्यक्रममा राखिएको छ । जुलाईमा भएको अमेरिकी राष्ट्रपति जो बाइडेनलाई साउदी अरबियाले मौन स्वागत गरेर उच्च प्राथमिकतामा राखेको थिएन ।

साउदी अरबियाका विश्लेषक अलि शिहावीले राष्ट्रपति सीको भ्रमणले पछिल्ला समयमा दुई देशबीच स्थापित दौत्य सम्बन्ध झन् प्रगाढ हुने विश्वास  गरे । 

२०७९ मंसिर २१ १२:२८ बजे

प्रतिक्रिया