बैतडीमा जीप दुर्घटना : एकै घरका तिन जना सहित चार जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १२:१७ बजे
बैतडीमा जीप दुर्घटना

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकै घरका तीनसहित चार जना घाइते भएका छन्। बझाङको बुंगलबाट धनगढी जाँदै गरेको से१च १२२६ नं को जीप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर बजार नजिकै दुर्घटनामा परेको हो। 

 जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार  दुर्घटनामा परी बझाङको बुंगल नगरपालिका ९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली र चालकसमेत रहेका बझाङको केदारस्यू गाउँपालिका ५ का २० वर्षीया धनबहादुर गुर्धामी घाइते भएका छन् । 

घाइते नर्मा, काली र नरपती  एकै घरका हुन्। घाइते नरपती र काली पातलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

उघाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी चौकी खोडपेका इन्चार्ज गणेशबहादुर बिकले जनाएका छन् । जीप सडकबाट करिब पाचास मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

२०७९ मंसिर २१ १२:१७ बजे

प्रतिक्रिया