नक्कली सुकुम्बासीलाई कारवाही गर्न सुकुम्बासीहरुले नै महानगरलाई बुझाए ज्ञापनपत्र

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १४:३० बजे
नक्कली सुकुम्बासी

काठमाडौं । बागमती किनारमा बसोबास गर्ने सुकुम्बासीहरुले मंगलबार काठमाडौं महानगरपालीकालाई नक्कली सुकुम्बासीलाई कावाही गर्न भन्दै ज्ञापनपत्र बुझाएका छन् ।  काठमाडौं महानगरपालिकाको कार्यालय अघि तिर भेला भएर प्रदर्शन  गर्दै सुकुम्बासिहरुले आफ्नो नाममा राजनीति भइरहेको गुनासो  पोखेका हुन् ।  उनिहरुले वास्तवीक सुकुमम्बासीहरुको व्यस्थापन गर्न पनि माग राखेका छन् ।  उनिहरुले बुझाएको ज्ञापन पत्रमा नक्कली सुकुम्बासीहरुलाई हटाउनमा आफुहरुको पनि ऐकयबद्धता रहेको बताएका छन् । 

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौं महानगरपालिकाको मुख्यद्वारमा पुगेर भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ  भनेर प्रश्न समेत गरेका छन् । 

मेयर साहसमक्ष बुझाइएको ज्ञापनपत्रमा थापाथलीस्थित बाग्मती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफू खुशी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुम्बासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको उल्लेख छ ।

ज्ञापनपत्रमा ‘अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्राशमय वातावरण उत्पन्न भई स्थानिय जनताहरुप्रति गहिरो मानसिक दवाव उत्पन्न भई  भएको र त्यसले अशान्ति फैलाएको उल्लेख गरिएको छ । 

२०७९ मंसिर २० १४:३० बजे

प्रतिक्रिया