चिसोमा मौसमी रुघाबाट कसरी जोगिने ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ १३:०० बजे
मौसमी रुघा

काठमाडौं । हिउँद लागेसँगै देश भरको मौसम चिसो हुँदै गएको छ । चिसोमा विभिन्न स्वास्थ्य समस्याहरूको पनि जोखिम बढ्दै गएको  छ ।  चिसो  मौसममा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्दछ । मौसम परिवर्तनको समय प्राय सबेलाई सामान्य रुघा खोकी लाग्ने गर्दछ । चिसो मौसममा हुने यस्ता समस्याहरू निको हुन पनि औषतको भन्दा धेरै समय लाग्ने गर्दछ ।

रुघाखोकी

जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ। यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कण मार्फत हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ।

जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ। जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन्। यसले खासगरी बच्चा तथा बुढाबुढीलाई आक्रमण गर्छ। ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ। मौसमी रुघाखोकी भने जेष्ठ नागरिक र बालबालिकामा बढी देखिएको छ। बच्नका लागि मौसमी रुघाखोकी लागेका व्यक्तिसँग धेरै सम्पर्कमा नरहन चिकित्सकहरूले सुझाव दिएका छन्। पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। सफा उमालेको पानी खानु उचित हुने उनीहरूको भनाइ छ।

२०७९ मंसिर १९ १३:०० बजे

प्रतिक्रिया