धनगढीमा विद्यार्थीहरुको आन्दोल चर्के पछि निषेधाज्ञा देखी अश्रु ग्यास प्रहार

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १६ १३:४७ बजे
निषेधाज्ञा

काठमाडौं । धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि  विद्यार्थीहरु आन्दोलीत  भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  आन्दोलनमा रहेका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अस्रु ग्यास समेत प्रहार गरेको छ । 

आन्दोलन गर्ने विभिन्न गरी ९ जनालाई नियन्त्रणमा लिइएको छ । यसैबीच न्यायको लागि भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै दमन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । बिहीबार धनगढीमा ग्रेडरले किच्दा पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरूले धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

२०७९ मंसिर १६ १३:४७ बजे

प्रतिक्रिया