विद्युतको तार सर्ट भई आगलागी हुँदा ८ लाख बराबरको क्षती

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १५ १२:३३ बजे
आगलागी

काठमाडौं । कंचनरुप नगरपालिका ११ गोरपार बस्ने अर्जुन मंडलको घरमा विद्युतको तार सर्ट भई आगलागि भएको छ ।  बुधबार दिउँसो  भएको आगलागीमा  गोठ र छिमेकी टेक नारायण मण्डलको घर समेत  जलेको छ ।

आगलागिबाट  करिब ८ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा  लिइएको हो । आगलागिको कारणबारे अनुसन्धान भइरहेको छ । 

२०७९ मंसिर १५ १२:३३ बजे

प्रतिक्रिया