बैतडी युवती हत्या प्रकरण : अपराधिलाई कार्वाहि गर्न माग

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १५ ११:४८ बजे
बैतडी युवतीका हत्या प्रकरण

बैतडी । बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटी हत्या गरीएको हो ।  सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला  पारीएको छ  । प्रहरीका अनुसार उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको छ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । 

पन्चेश्वर गाउँपालिका ४ कि २१ वर्षिया माया लुहारको मिति २०७९\८\१४ गते  घाटी रेटेर  हत्या र वर्ष १५ वर्षिया नेहा लुहारलाई घाँटी रेटेर घाइते गराउने सागर नाम गरेको व्यक्ति  हाल फरार रहेका जनाइएको छ ।

घटनाको अनुसन्धान गरि  दोषिलाई कानुनी कार्वाहि ,मृतकका परिवारजनलाई राहात उपल्व्ध गराउनु पर्ने र घाइतेको निशुल्क उपचार नेपाल सरकारले गर्नु पर्ने पदम लुहारको माग रहेको छ । नेपाल सरकारको सबैको जिउधनको सुरक्षा गर्नु पर्ने दायित्व भए पनि यि दुवै युवतीको सुरक्षा सरकारले गर्न नसकेको हुदा पिडित लाइ क्षतिपुर्ति दिई अपराधिलाई  यथासिध्र कार्वाहि गरि समाजमा शान्ति सुरक्षाको प्रत्याभुति गराउनु पर्ने डम्वर दमाइले बताएका छन।

२०७९ मंसिर १५ ११:४८ बजे

प्रतिक्रिया