नेपाली मुलकी यि चेली मेरिकी टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ १२:०८ बजे
परिजिता बाँस्तोला

काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा पुगेकी छन् । 

बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् । आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छन् । काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामना भनेकी छन् ।

प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् । सेमिफाइनल प्रवेश गरेपछि भिडियो सन्देश जारी गर्दै परिजिताले  आफुलाई भाटिङ गर्न पनि अपिल गरेकी छन् ।

२०७९ मंसिर १४ १२:०८ बजे

प्रतिक्रिया