सत्ताको साँचो समाल्ने दाउमा एमाले र माओवादी 

सत्ताको साँचो समाल्ने दाउमा एमाले र माओवादी 

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ ११:३६ बजे
एमाले र माओवादी 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनकै दलहरु मिलेर सरकार बनाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसके पनि सरकार भने गठबन्धनकै ब्रन्ने बताएको छ । नेकपा एकीकृत समाजवादीले सरकार बनाउने विषयका छलफल गरे पनि अर्को सत्तारुढ प्रमुख दल नेकपा माओवादी केन्द्रले भने सरकार निमार्णको विषयमा भने कुनै छलफल  थालेको छैन् ।

‘हामीले सोचेजस्तो परिणाम आएको छैन । तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् । एकीकृत समाजवादी केन्द्रले भने थ्रेस होल्ड कटाउनेमा पनि संकारहेको छ । 

नेकमा माओवादी केन्द्रका केही नेताहरु भने नेकपा एमालेका नेताहरुसँग सहकार्यको प्रयासमा रहेका छन् । अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निरन्तर संवाद भइरहेको जनाइएको छ । अहिलेको निर्वाचनको परिणामलाई हेर्दा अब बन्ने सरकार निमार्णमा धेरै लामो समय लाग्ने भएको छ । अहिलेसम्म एक सय ६१ सिटको परिणाम आइसकेको छ । एक सिटको मतगणना भइरहेको छ । 

दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना शुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था रहेको छैन् । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था भने रहेको छैन् ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, डा. शेखर कोइराला, डा.शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् । निर्वाचनको पुर्व सन्धामा नेकपा माओवादी केन्द्रका अध्यक्षले पनि आफुले अब देशको नेतृत्व गर्न बताउदै आएका थिए । अहिले सम्म पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  आफु प्रधानमन्त्रीको दौडमा रहेको वा नरहेको  भने बताएका छैन् ।

निर्वाचन भएको केहि दिनमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादी केन्द्रमा अध्यक्षलाई फोन गरेर विगतमा भएका कमि कम्जोरीलाई भुलेर सहकार्य गर्न समेत आग्रह गरेका थिए ।  

२०७९ मंसिर १४ ११:३६ बजे

प्रतिक्रिया