नेप्सेमा २.९९ अंकको सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ १५:१७ बजे
सेयर बजार

काठमाडौं । हिजो कारोबारको दोस्रो दिन सामान्य अंकले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले उकालो लागेको छ ।  सेयर बजार परिसुचक नेप्से आज २.९९ अंकले उकालो लागेको हो । नेप्से आज उकालो लागे सँगै १९५३.३५ विन्दुमा पुगेको छ । 

आज नेप्से सामान्य अंकले उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ। आज जम्मा ९५.७१ करोड बराबरको  मात्रे कारोबार भएको छ । आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

सबैभन्दा बढी आज धौलागिरि लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ६.१० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताहरूले ४.६० प्रतिशतले गुमाएका छन् । 

२०७९ मंसिर १३ १५:१७ बजे

प्रतिक्रिया