मेयर बालेनविरुद्ध चर्को नाराबाजी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ १३:०१ बजे
बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि पीडितहरु  काठमाडौं महानगरपालिकाका मेयर बालेन विरुद्ध चर्को  नाराबाजी गरेका छन् । 

वैकल्पिक व्यवस्थापनविना हटाउन थालेपछि पीडित सुकुमबासीहरु विरोध प्रदर्शनमा गरेका हुन् । उनीहरुले आफूलाई उठिबास लगाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका  हुन् । बिहान काठमाडौं महानगरपालिका घेर्न गएका सुकुमबासीहरुले मेयर शाहविरुद्ध चर्को नाराबाजी गर्दै उचित विकल्पसहितको व्यवस्थापन गर्न माग गरे।

प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा देउ, उचित विकल्पसहित व्‍यवस्थापन गर,बसोबासको आधारमा लालपुर्जा वितरण गर,उठिबास बन्द गर,डोजर आतंक बन्द गर जस्ता नारा लगाएर प्रदर्शनमा उत्रिए।सोमबार पनि सो क्षेत्र दिनभरजसो तनावग्रस्त  रहेको थियो । सोमबार बस्ती हटाउन गएको महानगरको टोलीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेका थिए। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित १८ प्रहरी घाइते भएका थिए।

उनीहरुले गृहमन्त्री बालकृष्ण खाँड र मेयर बालेनविरुद्ध नाराबाजी गरेका थिए।यसअघि एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ भित्र नदी किनाराका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो। सोहीअनुसार  बस्ती खाली गर्न महानगरको टोली सोमबार त्यहाँ  पुगेपछि तनाब भएको हो । 

२०७९ मंसिर १३ १३:०१ बजे

प्रतिक्रिया