देशको अबको आवश्यकता विकास र सुशासन हो : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ १२:०२ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन  रहेको बताएका छन् । प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखा तिर आफ्नो ध्यान रहेको बताएका छन् ।

गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो। त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ।’

उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिने पनि बताएका छन् ।  उनले भने, ‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ। ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना शुरू गर्नुपर्ने पनि छ। यी सबै पुरा गर्न तपाईहरू सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु । '

२०७९ मंसिर १३ १२:०२ बजे

प्रतिक्रिया