केहो निर्वाचन , नेपालमा पहिलो निर्वाचन कहिले भएको थियो ?

केहो निर्वाचन ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १९:१० बजे
केहो निर्वाचन

केहो निर्वाचन ?  

सामान्य अर्थमा निर्वाचन भनेको आफ्नो मत दिएर कसैलाई कुनै पद वा कामका लागि छानीदिने कार्यलाई निर्वाचन भनिन्छ । निर्वाचन निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो। साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात् संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य निर्वाचन हो। विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन्। नेपालमा बालिग -१८ वर्ष उमेर पुगेका) मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था छ। नेपाल लोकतान्त्रीक प्रजातन्त्र भएको एक स्वतन्त्र देश हो । प्रजातान्त्री परिपाटी भएको देशमा निर्वाचन भनेको मेरुदण्ड हो ।

नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले वि।सं। २००४ जेठ ३ गते गराएका थिए । यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो।

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन । २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। वि.सं. २००७ सालमा राणा शासन अन्त्य भएपछि वि।सं। २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए । सो निर्वाचनमा दुई तिहाई मत पाएर जनकमान श्रेष्ठ मेयर निर्वाचित भएका थिए।

नेपालमा पहलो निर्वाचन 

नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले वि.सं. २००४ जेठ ३ गते गराएका थिए । अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो।बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन । २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो ।

वि.सं. २००७ सालमा राणा शासन अन्त्य भएपछि वि.सं.२०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए।सो निर्वाचनमा दुई तिहाई मत पाएर जनकमान श्रेष्ठ मेयर निर्वाचित भएका थिए।वि.सं. २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। 

२०७९ मंसिर १२ १९:१० बजे

प्रतिक्रिया