नेप्सेमा सामान्य अंकको गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १५:२२ बजे
सेयर बजार

काठमाडौं । हिजो आइतबार उच्च अंकले उकालो लागेको नेप्से साताको दोस्रो दिन आज सोमबार सामान्य अंकले ओरालो लागेको छ । हिजो नेप्से ३० अंकले उकालो लागेको हो । आज सेयर बजार परिसुचक नेप्से १५.६१ अंकले ओरालो लागेको छ ।

आइतबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापश्चात बढ्ने अपेक्षा गरिएको बजार त्यसको विपरित आज ओरालो लागेको छ । 

मीक्षाले बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेड दर घटाएको छ। यसले कर्जाको ब्याजदर घट्ने देखिन्छ। यसका साथै केन्द्रिय बैंकले सिडि रेशियोमा पनि लचकता अपनाउने संकेत दिएको छ। यस अनुसार लगानीकर्ताहरुले आजको बजार बढ्ने अपेक्षा गरेका थिए। तर, यस दिन भने बजार नकारात्मक भएर बन्द भयो।

 आज सेन्सेटिभ इण्डेक्स ३.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।


नेप्सेसँगै यस दिन कारोबार रकम पनि  ओरालो लागेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन २३६ स्टकको २४ हजार ९५१ पटकको कारोबारमा १ अर्ब ४९ लाख ४३ हजार रुपैयाँ बराबरको ३७ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशत बढेको छ। त्यसैगरी, गरिमा विकास बैंकको ऋणपत्र र नेपाल ल्यूब आयलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिनर्जी पावर र ओरियन्टल होटलको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

२०७९ मंसिर १२ १५:२२ बजे

प्रतिक्रिया