निमावि तहको ४४० रिक्त विज्ञान शिक्षकका लागि लिएको परिक्षामा जम्मा २५७ मात्रै पास

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १४:५५ बजे
विज्ञान शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिईएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको  परिक्षाको नतिजा प्रकाशन गरेकोे हो ।  आयोगले प्रदेश(१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, मधेश प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ७ जना मात्रै उत्तीर्ण, बागमति प्रदेशमा १०० रिक्त पदका लागि जम्म ५७ जना मात्रै उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशमा १०१ रिक्त पदको लागि ७३ जना उत्तीर्ण, लुम्बिनी प्रदेशमा ६० रिक्त पदको लागि ४७ जना, कर्णाली प्रदेशमा २९ जनाको लागि २१ जना र सुदुरपश्चिम प्रदेशको लागि ११ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले सबै प्रदेशमा ४४० रिक्त दरबन्दीको लागि सञ्चालन गरेको परीक्षामा २५७ जना मात्रै उत्तीर्ण भएका छन् । आयोगले माग गरेको रिक्त दरबन्दी र सार्वजनिक लिखित परीक्षाको नतिजा हेर्दा फेरि पनि १८३ पद रिक्त हुने देखिएको छ ।आयोगको सूचना अनुसार उत्तीर्ण शिक्षकहरुको अन्र्तवार्ता मंसिर २८ गते सञ्चालन हुनेछ ।

२०७९ मंसिर १२ १४:५५ बजे

प्रतिक्रिया