चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने , तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १४:०६ बजे
चाइना साउदर्न

काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ नियमित उडान गर्ने भएको छ ।

कम्पनीले एक वर्षपछि यो रुटमा पुनः उडान  गर्न लागेको हो ।यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने  भएको छ । काठमाडौंमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ । काठमाडौंमा अन्तिम पटक यो एयरलाइन्सले मे २०२१ मा काठमाडौं उडान गरेको थियो ।

२०७९ मंसिर १२ १४:०६ बजे

प्रतिक्रिया