अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १३:१० बजे
मेलम्चीको पानी

काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न काम थालेको छ  मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्नका लागि पानि भर्न थालीएको हो । 

खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी  थालेको हो । बाढीको जोखिम काराण गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।

‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले  जनाएको छ । 

गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकोमा गत असारदेखि रोकिएको पानि रोकिएको छ ।  यो वर्ष अघिल्लो वर्षको भन्दा चाँडो पानि आउने भएको छ । 

आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो ।

२०७९ मंसिर १२ १३:१० बजे

प्रतिक्रिया