गठबन्धनको सरकार बनाउनेबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १२:५९ बजे
गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै सरकार बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ ।

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जनाएका छन् । ‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको  उनको भनाई रहेको छ । 

२०७९ मंसिर १२ १२:५९ बजे

प्रतिक्रिया