सेयर बजार ३२ अंले बढे सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १५:१८ बजे
सेयर बजार

काठमाडौं । गत हप्ता सामान्य अंकले उकालो लागेको नेप्से  साताको पहिलो दिन उच्च अंकले उकालो लागको छ ।  आज  आइतबार सेयर बजारको परिसूचक नेप्से ३२ अंक उकालो लागेको हो ।  बजार आज उकालो लागेसँगै नेप्से १९६५  विन्दुमा पुगेको छ । कारोबार खुलेदेखि नै सेयर बजार उकालो लाग्यो । कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । कुल २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार  भएको छ । 

कुल १६९ कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ १९, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ३६, जलविद्युत् ३७, जीवन बीमा ९९, उत्पादन ११४, माइक्रोफाइनान्स १३०, निर्जीवन बीमा ७६, अन्य १८ र ब्यापार उपसमूह २७ अंक बढेका छन् । 

डिप्रोक्स लघुवित्तको मूल्य ८.२, जीवन विकास लघुवित्तको ७.४, कुमारी बैंकको ६.७, ग्रिन लाइफ हाइड्रोको ६.५, नेस्डो लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल टेलिकम, शिवम् सिमेन्ट र नेस्डो लघुवित्त अघि रहेका छन् । 

२०७९ मंसिर ११ १५:१८ बजे

प्रतिक्रिया