विप्लव समूहले घोडाघोडी नगरपालिकामा गरे तालाबन्दी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १५:०५ बजे
तालाबन्दी

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा  तालाबन्दी गरको छ । 

नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएकाले  तालाबन्दी गरीएको पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको, ढुंगा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको समेत बताएका छन् । 

शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गरेका हुन् । 

२०७९ मंसिर ११ १५:०५ बजे

प्रतिक्रिया