सवारी दुर्घटनामा भक्तपुरका परी युवकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १४:३७ बजे
सवारी दुर्घटना

काठमाडौं  । सवारी दुर्घटनामा भक्तपुर नगरपालिका–१ क्वाँछेका फसिकवाको २८ वर्षीय सिजन फसिकवाको ज्यान गएको छ ।  मध्यपुर ठिमी अस्पताल भक्तपुरमा  उपचारको क्रममा उनको ज्यान गएको हो । मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–७ गोलमडीका ३२ वर्षीय  सुनिल ग्वाछा सोही अस्पतालमा उपचारारत छन् ।

 शनिबार राति ११ बजे  भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ पुरानोठिमी हुकाम ओरालोमा दुवाकोटबाट पुरानोठिमी तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च.४२९३ नं. को महेन्द्र म्याक्सीमो गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा. १० प.९५०८ नं. को मोटरसाईकल एक आपसमा ठक्‍कर खाँदा दुर्घटना भएको थियो । 

सिन्धुलीको  फिक्कल गाउँपालिका घर भई भक्तपुर दुवाकोट बस्दै आएका चालक दाताराम पहाडीलाई भने प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान थालेको छ । 

२०७९ मंसिर ११ १४:३७ बजे

प्रतिक्रिया