ताइवानको सत्तारूढ दल स्थानीय निर्वाचनमा पराजित, राष्ट्रपतिले पार्टी अध्यक्ष पदबाट दिइन् राजीनामा

ताइवानकी राष्ट्रपति त्साई इङ–वन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ ११:४३ बजे
ताइवानकी राष्ट्रपति त्साई इङ–वन

काठमाडौं । ताइवानकी राष्ट्रपति त्साई इङ–वनले आफ्नो दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।  उनको दलले स्थानीय निर्वाचनमा पराजय बेहोरेपछि त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएकी हुन् । 

विपक्षी दलहरू स्थानीय विषयमा केन्द्रित भएका थिए र बेइजिङसँग भिडन्त नगरी शान्ति बहाल गर्ने विषयमा उनीहरूले जोड दिएका थिए । शनिवार सम्पन्न स्थानीय निर्वाचनमा विपक्षी क्वोमिन्ताङ पार्टीले २१ मध्ये १६ वटा स्थानीय तह जितेको आरम्भिक नतिजाले देखाएको छ ।

‘मतपरिणाम हाम्रो अपेक्षाअनुरूप रहेन । हामी यस परिणामलाई विनम्रतापूर्वक स्वीकार गर्छौं र ताइवानीहरूको निर्णयलाई अपनाउँछौं,’ त्साईले शनिवार साँझ पत्रकारहरूलाई बताइन् । त्यही अवसरमा उनले डीपीपीको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा पनि गरिन् । 

ताइवानका मानिस शाँित, स्थिरता र सुजीवनको पक्षमा रहेको प्रमाण स्थानीय मतपरिणामले दिएको भन्दै बेइजिङले स्वागत गरेको छ । 

चीनको ताइवान अफेयर्स अफिसले शान्तिपूर्ण सम्बन्ध तथा विदेशी शक्तिको अहस्तक्षेपलाई प्रवर्धन गर्ने काम जारी राखिने बताएको छ ।  एजेन्सी 

२०७९ मंसिर ११ ११:४३ बजे

प्रतिक्रिया