चीनमा कोभिड-१९ नीति विरुद्धको प्रदर्शन चर्कियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ ११:३८ बजे
चीनमा कोभिड-१९ नीति

काठमाडौं । चीनमा कोभिड-१९का प्रतिबन्धहरू विरुद्धको प्रदर्शन तीव्र भएको छ । सांघाई सहरमा विदेशी पत्रकारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूले हजारौं मानिसहरू पीडितहरूलाई सम्झन र कोभिड-१९ विरुद्धका प्रतिबन्धहरूको विरोध गर्न सडकमा आएका छन् । 

 सडकमा आएकाहरुले राष्ट्रपति सी चिनफिङलाई राजीनामा दिन आग्रह गरेका छन्। लकडोना कारणा धेरै ठाउमा आगलागि भएको  बताउदै आएका छन् । चिनियाँ अधिकारीहरूले यसको कारण अस्वीकार गरेका छन्। यद्यपि उरुम्कीका अधिकारीहरूले शुक्रबार अबेरमा असामान्य माफी माग्दै आफ्नो कर्तव्य त्याग्ने जो कोहीलाई सजाय दिने प्रतिबद्धता गरेका छन् ।

साङ्घाईमा भएको भेलामा केही व्यक्तिहरू पीडितका लागि मैनबत्ती बाल्दै, फूलहरू राखिरहेको देखिएको थियो।अरूले 'सी चिनफिङ, स्टेप डाउन'र 'कम्युनिस्ट पार्टी, स्टेप डाउन'जस्ता नारा लगाउँदै सेता ब्यानर बोकेकोसमेत देखिएको छ ।केही प्रदर्शनकारीहरूले प्रहरीलाई दुर्व्यवहारसमेत गरेका छन् ।

२०७९ मंसिर ११ ११:३८ बजे

प्रतिक्रिया