थवाङ रोल्पा

कवियत्री इन्दिरा अधिकारी

bimbonline कवियत्री इन्दिरा अधिकारी
२०७९ मंसिर १० १०:१३ बजे
कवियत्री इन्दिरा अधिकारी

प्रिय
थबाङ
सुन्दर
अति सुन्दर
तिमीले गरेको कार्य
झनै सुन्दर
त्यसैले त
थबाङ
तिमी
उत्पीडित वर्ग मुक्तिको
क्रान्तिकारी शक्तिको
आस्था हौं
आट हौ
साहस हौं
उर्जा हौ
कहिल्यै नझुक्ने
कहिल्यै नबिक्ने
कहिल्यै नसुक्ने
सतिसाल हौं

मकाएको
संसदीय व्यवस्थालाई
धक्का दिने
एक मुठ्ठी
उत्कृष्ट नमुना हौं
तसर्थ
थबाङ
तिमीलाई
हृदय देखि
संग्रामी सलाम ।  

२०७९ मंसिर १० १०:१३ बजे

प्रतिक्रिया