खसेको भन्दा धेरै मतपत्र भेटिएपछि ...

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ९ ०९:२८ बजे

काठमाडौं । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना  गरिरहँदा खसेको भन्दा धेरै मत भेटिएपछि मतगाणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो ।

हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।

बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म पनि सुरु भएको छैन् । 

२०७९ मंसिर ९ ०९:२८ बजे

प्रतिक्रिया