तापक्रम क्रमिक रुपमा घट्दै

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ ०९:४७ बजे
तापक्रम क्रमिक रुपमा घट्दै

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरुमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसक पुर्वानुमान महाशाखाले जनाएको छ । 

आज बिहीबार दिउँसो प्रदेश नं १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। राती देशभर मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। राती देशभर मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।

२०७९ मंसिर ८ ०९:४७ बजे

प्रतिक्रिया