रौतहटमा विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ ०९:२४ बजे
विद्युत सर्ट भएर आगलागी

 काठमाडौं । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना  मृतयु भएको छ । 

गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको प्रहरीले जनाएकोछ ।  घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।  आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । 

२०७९ मंसिर ८ ०९:२४ बजे

प्रतिक्रिया