चीनमा छ महिनापछि कोरोनाका कारण तीनको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ७ २२:२८ बजे
कोरोनाका कारण तीनको मृत्यु

काठमाडौं ।  छ महिनाभित्र चीनले पहिलोपटक कोराना संक्रमणको कारण केही व्यक्तिको मृत्य भएको तथ्य सार्वजनिक गरेको छ । साथै, सरकारी अधिकारीहरूले कोरोना महामारी सुरु भएयता राजधानीले सबैभन्दा विकराल स्थितिको सामना गरिरहेको चेतावनी पनि दिएका छन् । 

शनिबार यता बेइजिङमा तीनजनाको कोरोना संक्रमणको कारण ज्यान गएको बताइएको छ । यसबाट चीनमा अहिलेसम्म कोरोनाका कारण मर्नेहरूको आधिकारिक तथ्यांक ५ हजार २२९ पुगेको छ । 

संक्रमण नियन्त्रणका लागि चीन सरकारले लिएको ुशुन्य–कोभिड नीतिुको कारण जन विरोध सुरु हुन थालेको अवस्थामा कोभिडको कारण मर्नेको पछिल्लो संख्या सार्वजनिक भएको हो । 

यस विवादास्पद नीति अनुरूप लाखौँ जनतामाथि लकडाउन गरिएको छ भने संक्रमित देखिएकाहरूलाई जबर्जस्ती क्वारेन्टाइनमा राखिएका छन् । 

यसअघि नै स्थानीय प्रशासनले बेइजिङको हाइदियन भागका पसल, विद्यालय र रेस्टुरेन्टहरू बन्द गर्दै तीस लाख मानिसलाई घरभित्रै बस्न आह्वान गरिसकेको छ ।

बेइजिङमा जानेहरूले पनि भ्रमणको पहिलो तीन दिनमा कोरोना परिक्षणहरू गर्नुपर्ने र पोजिटिभ परिणाम नआउन्जेल उनीहरू घरभित्रै बस्नुपर्ने प्रावधान बनाइएको छ । बीबीसी

२०७९ मंसिर ७ २२:२८ बजे

प्रतिक्रिया