इजरायलमा दुई विस्फोट ; एक किशोरको मृत्यु, १४ घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ७ २२:१६ बजे
इजरायलमा दुई विस्फोट

जेरुसेलम । इजरायलको जेरुसेलमका बस पार्कहरुमा भएका दुई संदिग्ध बम आक्रमणमा एक किशोरको ज्यान गएको छ । अन्य १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मानिसहरू काममा गइरहेका बेला सहरको व्यस्त क्षेत्रमा बम विस्फोट भएको हो । पहिलो विस्फोटमा घाइते भएका १२ जनामध्ये एक किशोरको मृत्यु भएको थियो । दोस्रो विस्फोटमा तीनजना घाइते भएका थिए । 

एउटा आक्रमण स्थलमा इजरायलको आन्तरिक सुरक्षामन्त्रीले लामो समयदेखि यस्तो आक्रमण नदेखेको बताएका छन् । यस वर्ष पटकपटक इजरायलीहरूमाथि लक्षित बन्दुक तथा छुरा आक्रमण भएपछि इजरायली सेनाले पनि अधिनस्थ पश्चिम किनाराका प्यालेस्टाइनी सहरहरूमा थुप्रै कारबाही गरिसकेको छ । 

जेरुसेलममा भएका पछिल्ला बम आक्रमणलाई सबैभन्दा गम्भीर आक्रमणको रूपमा लिइएको छ । स्थानीय समयअनुसार बुधवार बिहान करिब ७ बजेर ५ मिनेट जाँदा सहरको मुख्य द्वार नजिकको गिभात साउलमा पहिलो विस्फोटन भएको थियो । त्यसको करिब ३० मिनेटपछि सहरको अर्को प्रवेशद्वार रामोत जन्कसनमा दोस्रो बम विस्फोट भएको थियो । 

एउटा आक्रमणस्थलको भिडियोमा मानिसहरू आत्तिएर दौडिरहेको र भग्नावशेष सडकभरि छरिएको देखिन्छ । इजरायली प्रहरीले यसलाई 'सामूहिक आतंककारी आक्रमण'संज्ञा दिएको छ । बीबीसी

२०७९ मंसिर ७ २२:१६ बजे

प्रतिक्रिया