दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ६ ०९:४६ बजे

काठमाडौं । चितवनमा बिहान भएको दुर्घटनामा परी एक जनाको  सञ्चारकर्मीको ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

राप्ती नगरपलिका-६ हर्दिचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका-४ का महावीर विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

२०७९ मंसिर ६ ०९:४६ बजे

प्रतिक्रिया