जनार्दनको दोष थिएन, त्यसैले सफाई पाए : प्रचण्ड

जनार्दनको दोष थिएन, त्यसैले सफाई पाए : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १८:१८ बजे
प्रचण्ड

 काठमाडौं ।  नेकपा  माओवादी केन्द्रका अध्यक्ष  पुष्प कमल दाहाल प्रचण्डले एमालेले  अर्थमन्त्रीलाई  फसाउन खोजेको  तर उनको  दोष नभएपछि उनले सफाई  पाएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए  हुन् ।

माओवादी केन्द्रकै पहलमा आज नै एसपीपी सम्झौतामा नेपाल सहभागी हुँदैन भन्ने चिठी अमेरिका पठाएको प्रचण्डले बताए । एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने– ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो, आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ, केही प्रमाण छैन्, निर्दोष रहेको प्रमाणित भयो । अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन् भन्ने छानविन समितिको रिपोर्ट आएको छ ।’ प्रचण्डले यी विषयहरुलाई जनताको बीचमा लैजान आग्रह गरे । 

२०७९ साउन १३ १८:१८ बजे

प्रतिक्रिया