प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा ४४ प्रतिशत मतदाताले मतदान गरेनन्, बहुमत माथि अल्पमतको राज

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ २०:३६ बजे
डडेल्धुरामा ४४ प्रतिशत मतदाताले मतदान गरेनन्

काठमाडौं । आज सम्पन्न भएको प्रतिनिधि  र प्रदेश सभाको निर्वाचनमा डडेल्धुरा जिल्लामा कुल एकानब्बे हजार दुई सय एक मतदाता  रहेकोमा जिल्ला भरिमा एकाउन्न हजार छ सय साठी जनाले मात्रै  मतदान गरेका छन् ।  उन्नचालिस हजार पाँचसय पन्चानब्बे मतदाताहरू मतदानकेन्द्रमा उपस्थित नै भएनन् वा मतदानको प्रक्रियामा सहभागिता नै जनाएन। प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको नेतृत्व गर्दे र राज्यसत्ताको प्रयोग गर्दै जिल्ला व्यापि चुनावी सभा गरे  पनि निर्वाचनमा भने जनताको न्यून सहभागिता भएको छ।

करिव ४४ प्रतिशत मतदाता निर्वाचन प्रक्रियामा नै सहभागिता नहुनु भनेको  दल ,उम्मेदवार र दलाल संसदीय व्यवस्था प्रतिको मतदाताको घृणा र विश्वास नरहेको प्रष्ट हुन्छ। यति ठुलो  मात्रामा मतदाता मतदानमा सहभागी नहुनुमा केही मतदाता विदेशमा रहेको भए पनि  घरमा रहेका मतदाताहरूमा यस जिल्लामा  रहेका चुनाव बहिष्कार गर्ने पार्टीहरू नेकपा (मशाल) ,नेकपा (वहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव) ले नेतृत्व गरेको पार्टीहरूले आजको निर्वाचन बहिष्कार गरी बहिष्कारका गतिविधिहरूले पनि प्रभाव पारेको  प.न.पा. ७ का हेम नाथले बताए ।

करिव ५६ प्रतिशत अर्थात ६ प्रतिशत मात्र बढि मतदाता निर्वाचनमा सहभागी भए पनि खसेका मत मध्ये सबै मत एउटै दल र उम्मेदवार प्राप्त गर्ने छैन। निर्वाचनमा सहभागी भएको दल र उम्मेदवारमा यि मतहरु विभाजित हुँदा यस क्षेत्र  बाट जित्ने दल वा उम्मेदवार ले झिनो मतले जित्ने छ। कुल मतदाता र खसेको मत भन्दा कम मत अर्थात अल्पमत ले बहुसख्यांक मतदाता वा जनता माथि  ५ वर्ष शासन गर्ने छ । तर लोकतन्त्रमा बहुमतले अल्पमत माथि शासन गरिनेछ भन्ने मान्यताका विपरित अल्पमत ले बहुमत माथि डडेल्धुरामा राज गर्ने सम्भावना बढेको छ।

२०७९ मंसिर ४ २०:३६ बजे

प्रतिक्रिया