बाजुरामा प्रहरीले गोली चलाउँदा मारिए एडी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ १९:२० बजे
अएडी

काठमाडौं । ४ मंसिरमा चुनावमा केही ठाउँमा विभिन्न अप्रीय घटनाहरु घटेका छन् । बाजुराको त्रिवेणी नगरपालिका ७ मा मतदान सकिंनै लाग्दा भएको झडपमा परी एक जनाको ज्यान गएको छ ।  प्रहरीले गोली चलाउँदा सञ्जीव एडीको ज्यान गएको हो । 

मतदान अन्तिम अवस्थामा पुग्न लाग्दा एकजना स्थानीय मतपेटिका खोस्न खोजेपछि झडपको भएको हो । 

झडपमा परी प्रहरी हवल्बदार कृष्ण कुँवर र अन्य तीनजना पनि घाइते भएका छन् । पर्शुराम पाध्याय र खड्ग एडी पनि घाइते भएका छन् ।घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

२०७९ मंसिर ४ १९:२० बजे

प्रतिक्रिया