अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ : भुवन केसी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ १४:१३ बजे
भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा  आफु पनि राजनीतमिा आउने संकेत गरेका छन् । उनले कसैले आफुलाई उम्मेदवार बनाए पछि नहट्ने  बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले  आफु राजनीतिमा आउन इच्छा जगाएका हुन् । अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, संस्कृति र फिल्मको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे । उनले निर्वाचनमा हुमिएका सबै कलाकारहरुलाई जितको लागि बधाई पनि दिए  । 

२०७९ मंसिर ४ १४:१३ बजे

प्रतिक्रिया