हुम्ला मतदान केन्द्रमा दुई समूहबीच झडप हुँदा असई घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ १३:५२ बजे
असई घाइते

हुम्ला । हुम्लाको  मतदान केन्द्रमा दुई समूहबीच झडप असई नै घाइते भएका छन् ।   डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो  ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेका छन् ।  एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको  मतदान अधिकृत साजन ऐडीले जानकारी दिए  । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताएका छन् ।

२०७९ मंसिर ४ १३:५२ बजे

प्रतिक्रिया