दोलखामा चार राउण्ड हवाई फायर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ १३:४४ बजे
चार राउण्ड हवाई फायर

 काठमाडौं ।  दोलखाको बैतेश्वर गाउँपालिका वडा नं। २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । 

आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो  । 

मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर  गरीएको प्रहरीले जनाएको छ । उक्त घटनापछि वैतेश्वर गाउँपालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली झिकाइएको छ ।

आजै बिहान दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको  हो । 

२०७९ मंसिर ४ १३:४४ बजे

प्रतिक्रिया