मतपेटिका खोसाखोस गरेपछि प्रहरीले चलायो तिन राउण्ड गोली

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ १०:०४ बजे
तिन राउण्ड गोली

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा मतपेटिका खोसाखास हुँदा प्रहरीले गोली चलाएको छ ।  जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि प्रहरीले तिन राउण्ड गोली चलाएको हो । स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए ।

मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।

२०७९ मंसिर ४ १०:०४ बजे

प्रतिक्रिया