एक ट्रक अवैध मदिरा बरामद

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १४:२७ बजे
मदिरा बरामद

काठमाडौं । धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ ।  प्रहरीले एक ट्रक मदिरा बरामद गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बता्रएका छन् ।  

गाडीलाई रोकेर चेकजाँच गर्दा सो मात्रामा मदिरा बरामद भएको  क्षेत्रीले बताए । डीएसपी क्षेत्रीले मदिरा र ट्रकसहित मकवानपुरको मनहरी गाउपालिका–३ बस्ने ३४ वर्षीय चालक निर्मल कुमार रिजाललाई पनि पक्राउ गरिएको जनाएका छन् । 

मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।

प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिका–४ तुल्सियाहीबाट पनि बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको हो । गाडी चालक साहजन यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

२०७९ मंसिर १ १४:२७ बजे

प्रतिक्रिया