भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १३:१५ बजे
ओमानमा अलपत्र परेका नेपाली

काठमाडौं । भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न  सबैमा आग्रह गरेकोे छ । 

विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न  आग्रह गरेको हो ।  

भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरुको  तथ्याङ्क सङ्कलन गरिरहेको दुतावासले बताएको छ ।  कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न दुतावासले आग्रह गरेको छ ।

दूतावासमा [email protected] वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गरेर आफ्नो विवरण टिपाउन सकिन्छ । 

२०७९ मंसिर १ १३:१५ बजे

प्रतिक्रिया