काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
भन्सार छलि सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले उक्त सामान बरामद गरेको जनाइएको छ ।
महंगा मदिरा, चुरोट लगायतका सामान बरामद गरीएको हो । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैधसामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।
बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ।
प्रतिक्रिया