मेयर बालेन्द्र र जर्मन राजदूत डा. प्रिन्सबीच शिष्टाचार भेट, रम्परागत संगीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २९ १४:५७ बजे
मेयर बालेन्द्र र जर्मन राजदूत डा. प्रिन्स

 काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसंग चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि मेयर साहले आफ्नो योजना सुनाएका थिए। 

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जिटिजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो। राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका जनाइएको छ । 

२०७९ कात्तिक २९ १४:५७ बजे

प्रतिक्रिया