निर्वाचनलक्षित तीन दिन सार्वजनिक बिदा दिने सरकारको निणर्य

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २९ ११:५४ बजे
सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन लागि  तीन दिन सार्वजनिक बिदा  दिने भएको छ । मंगलबार बिहान गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २, ४ र ५ मङ्सिरमा बिदा दिने निर्णय गरेको  जनाएको छ । 

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मङ्सिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मङ्सिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगको  सिफारिसअनुसार सरकारले तिन दिन विदा दिने निणर्य गरेको हो ।

२०७९ कात्तिक २९ ११:५४ बजे

प्रतिक्रिया