काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनिको पहिलो त्रैमासिकरिपोर्ट अनुसार कम्पनिले ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्ष भन्दा १३.२५ प्रतिशतले कम रहेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा भने बढोत्तरी भएको छ । कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २० पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार ३७९ रुपैयाँ ७० पैसा छ ।
गत वर्ष यसले कर्जा तथा अन्य लगानीबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, कम्पनीले बिमा कोषको आकार भने ९.४५. प्रतिशतले ले बढाएर २ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म यसले १५ करोड ८२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले ७ करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
प्रतिक्रिया