भिटामिन ‘सी’ औषधि गुणस्तरहीन पाइएपछि बिक्रीवितरणमा रोक

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २९ ११:२७ बजे
भिटामिन ‘सी’

काठमाडौं । क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण  रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो ।

माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–'डी' रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

२०७९ कात्तिक २९ ११:२७ बजे

प्रतिक्रिया